डोजर लगाएको बस्तीमा संसदीय समितिद्धारा अनुगमन

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार २२:५८

बुटवल । बुटवल उपमहानगरपालिकाले घर भत्काइदिएपछि बिस्थापित भई अनशनमा बसेकाहरुसँग प्रदेश नं ५ प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिले छलफल गरेको छ ।

बुटवल उपमहानगरपालिकाले वडा नं १ का १६ घर परिवार बसोबास गर्दै आएको तत्कालिन श्री ३ मुमाबवडामहारानीको नाउमा रहेको घोडा बाध्ने तबला ६ दिन अघि भत्काइदिएपछि पिडितहरु गत शनिबार देखि सोही स्थानमा अनशन बस्दै आएका छन् ।

अदालतमा मुद्धा बिचाराधीन रहेको अवस्थामा बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहीबार डोजर लगाएर भत्काइदिएको समाचार सार्वजनिक हुनुका साथै प्रदेशसभा बैठकमा समेत सो कुरा उठेपछि प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिले आज घटनास्थलको अनुगमन गरेको हो ।

समितिका सदस्य तथा बुटवलका स्थायी बासिन्दा रुपन्देहीबाट निर्वाचीत प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठको संयोजकत्वको टोलिले घटनास्थलको अनुगमन गर्नुकासाथै पिडितहरुको अवस्थाको बारेमा जानकारी लिएको छ ।

अनुगमनमा गएको टोलि समक्ष पिडितहरुले उपमहानगरपालिकाले आफुहरुमाथि अन्याय गरेको भन्दै आफुहरुलाई सोही वडामा घरबासको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

नेताहरु चुनावका बेला भोट माग्न मात्रै आउने आफुहरुलाई समस्या पर्दा कोही नआउने भन्दै उनिहरु आक्रोसीत भएका थिए । अनुगमन समितिले समितिलाई प्रतिवेदन बुझाएपछि समितिले अन्तिम प्रतिवेदन बुझाउने छ ।

डोजर लगाएर बस्ती हटाइएको स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हलको शिलान्यास समेत गरेको छ । विगतमा राणाहरुको घोडा बाँध्ने तबेलाको रुपमा रहेको उक्त स्थानमा रहेका टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका बासिन्दा बस्दै आएका थिए ।

उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि गरीब तथा विपन्न परिवारलाई विस्थापित गराएको भन्दै घटनाप्रति बभिन्न राजनीति दलले समेत विरोध जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*