च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने

खबरपथ संवाददाता
२४ आश्विन २०८१, बिहीबार २०:०७

काठमाडौं  । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।

बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो ।

आज अपरान्ह  बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोली शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*