दलित पत्रकार राष्ट्रिय भेला तयारी तीव्र

खबरपथ संवाददाता
४ असार २०७६, बुधबार २१:०७

पाल्पा । पाल्पामा असार १०–११ गर्न लागिएको दलित पत्रकारको राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । भेला सफल पार्न शाखा अध्यक्ष राजेशकुमार अर्यालको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद्, विभिन्न सञ्चार माध्यमका प्रमुख यसको सदस्य रहेको पत्रकार मिलन विश्वकर्माले जानकारी दिए । भेला सफल पार्न विभिन्न उपसमिति समेत गठन भएका छन् ।

महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा सचिवालय समेत संचालनमा ल्याइसकिएको छ । जगदिश भट्टराईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । यसैगरी भगवान भण्डारी संयोजक, खाद्य तथा आवास व्यवस्थापन समितिको संयोजकमा शाखा उपसभापति भरत शर्मा छन् ।

राजेन्द्र लिगल संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, रेखिराम राना संयोजक रहेको स्वयम्सेवक उपसमिति गठन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*