सरकार विरुद्ध जनता उर्लेपछि गुठी विधेयक फिर्ता –प्रचण्ड

खबरपथ संवाददाता
५ असार २०७६, बिहीबार १५:१०

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुठी विधेयक बिरोधमा देखिएको जनअसन्तुष्टि र प्रदर्शनकै कारण सरकारले उक्त विधेयक फिर्ता लिएको बताएका छन् ।

जनताकै हितमा काम गर्न बनेको सरकारका विरुद्ध जनता खनिएपछि गुठी विधेयक फिर्ता लिन पुग्यौ , प्रेस संगठन कास्कीद्वारा विहीवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले भने– गुठी विधेयक सम्वन्धमा सम्वन्धित सरोकारवालासँग छलफल र गृहकार्य नगरी सरकार अगाडि वढेका कारण विरोध आयो अव गुठी विधेयकका बारेमा सरकार सरोकारवालासँग छलफल र गृहकार्यबाट नै अगाडि वढ्छ ।

गुठी विधेकका बारेमा जनतालाई वुझाउन नसक्दा सेन्टिमेन्टका पछि जनता कँुदे त्यो सेन्टिमेन्टलाई वुझेर नै सरकारले गुठी विधेयक तत्कालका लागि फिर्ता लिएको हो, जनतालाई पेलेर सरकार अगाडि वढ्ने पक्षमा छैन, गुठी विधेयको बारेमा अव नयाँ रुपमा अगाडि वढ्छौ, उनले भने ।

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भत्तपुर र ललितपुरमा सयौ बर्षदेखिका गुठीहरु देखिए, ती गुठीले जनतालाई अहित गरेको छ, अध्यक्ष प्रचण्डले भने–अब पार्टी, संसद र सम्वन्धित सरोकारवालासँग छलफल गरेर गुठी विधेयक ल्याउछौ । गुठीको प्रकृति हेरेर उपत्यका वाहिरका गुठीका वारेमा पनि टुङ्गोमा पुग्न जरुरी छ ।
मिडिया काउन्सिल विधेयकका बारेमा संचारकर्मी राखेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने– मिडिया काउन्सिल विधेयक फिर्ता हुदैन, असन्तुष्टिका केही वुँदालाई संसदीय प्रक्रियाबाट परिमार्जन गरी अगाडि वढ्ने विश्वास दिलाए ।

विप्लव माओवादीका बारेमा वोल्दै अध्यक्ष प्रचण्डले जनआन्दोलनबाट प्राप्त उपलब्धी विप्लव सहित भएको उपलब्धी हो, उनीहरु मूल राजनीतिक प्रक्रियामा आउनै पर्छ, उनीहरुले अगालेको बाटो गलत छ, वार्ताबाट नै उनहिरुलाइृ राजनीतिक मूल धारमा आउन बाटो खुला छ, केही दिन अघि राजधानीमा विप्लवका चार युवाको अनाहकमा ज्यान गयो, यदि उनीहरु द्धन्द्ध नै सृजनागरी अगाडि वढ्छन भने सरकार पनि चुप लागेर बस्दैन प्रचण्डले भने–उल्टोबाटो नलाग्नुहोस्, समाजवादको आधार तयार पार्ने बाटोमा लागौ ।

बुधवार मात्र प्रधानमन्त्री केपी ओली र मेरो लामो छलफल भयो, छलफलमा सरकारका कामकारवाही प्रभावकारी र पार्टी एकता प्रक्रियालाई अन्तिमरुप दिने कुरा भएको छ, त्यस अनुरुप दुई शनिवार सचिवालयको बैठक वोलाइएको छ त्यसले एकता प्रक्रियाललाई अन्तिम रुप दिने जानकारी प्रचण्डले दिए ।

दुई धारवाट आएको पार्टीलाई मिलाएर अगाडि वढ्न कठिन छ, यसमा खेल्नेहरु पनि धेरै छन्, एकता प्रक्रियालाई हल्का–फुल्का रुपमा लिने छुट कसैलाई छैन, सरकारको कार्यकाल सफल भएको मान्नु पर्छ, मानव अधिकार सम्वन्धी कानूनहरु बनायौ, अघिल्लो बर्ष लोकप्रिय बजेट आउन सकेन, यस वर्ष लोकप्रिय वजेट ल्याएका छौ, केही मात्रामा असन्तुष्टि जनताका छन्, जनताका चाहना तीव्र रुपमा विकास र समृद्धि थियो, तर सरकारले तीव्र गतिमा विकास र समृद्धि अगाडि वढाउन सकेन, सुशासन स्थापनामा पनि सरकार कमजोर देखियो, अव सुशासनमा अगाडि वढ्छौ, उनले भने एक महिनापछि मन्त्रीमण्डल हेरफेर हुन सक्छ, राम्रो काम गर्न नसक्ने मन्त्रीलाइृ विदा गर्नु पर्ने हुन्छ ।

मन्त्रीमण्डल हेरफेरको अधिकार प्रधानमन्त्रीलाई छ, हेरफेरका वारेमा छलफल हुने नै छ, उनले भने–अब सरकार सशक्त रुपमा अगाडि वढ्ने र जटिल किसिमका निर्णयहरु गर्नु छ । प्रधानमन्त्री वन्नका लागि प्रचण्ड आतुर भयो भन्नु हल्ला हो, प्रधानमन्त्री बन्नका लागि मलाई अतारो भएको छैन ।

फेवाताल संरक्षणमा समेत उनले जोड दिएका छन् । पोखराको गहना फेवाताल संरक्षणमा तीन तहको सरकारको कुन कुन जिम्मेवारी हुने भन्ने बिषयमा टुङ्गो छिट्टै लाग्ने भनई उनको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*