पोखरामा आजपनि रास्वपाको प्रदर्शन

खबरपथ संवाददाता
७ कार्तिक २०८१, बुधबार ११:२५

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।

लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष वयान सुरु भएको छ ।

रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ ।

यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर-घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*