रास्वपाको काठमाडौँ केन्द्रित प्रदर्शन शुरु

खबरपथ संवाददाता
९ कार्तिक २०८१, शुक्रबार १३:४९

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ केन्द्रित प्रदर्शन शुरु भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन शुरु गरेको हो ।

रास्वपाले आज अपराहन्न १ बजेदेखि काठमाडौँको माइतीघरमा प्रदर्शन शुरु गरेको छ । प्रदर्शनका क्रममा रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*