मैत्रीपुर्ण क्रीकेटमा सिद्धार्थनगर बिजयी

खबरपथ संवाददाता
१० कार्तिक २०८१, शनिबार ०६:४६

भैरहवा  । सिद्धार्थनगर नगरपालीका र मायायदेवी गाउँपालीका रुपन्देही बिच शुक्रवार भैरहवामा सम्पन्न अन्तरपालीका  मैत्रीपुर्ण क्रीकेट प्रतियोगीतामा सिद्धार्थनगर बिजयी भएको छ । पक्लीहवा कृषी क्याम्पसको खेल मैदानमा भएका दुुई खेलमा दुवै खेल जित्दै सिद्धार्थनगर बिजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टस जितेर मायादेविले ब्याटीङ्ख गरेको थियो । १६ ओभरको निर्धारीत खेलमा मायादेवि ५ दशमलव ४ ओभरमा २४ रन बनाई अल आउट भएको थियो । झीन लक्ष्य पाएको सिद्धार्थनगरले चार दशमलव १ ओभरमा १ बिकेटको क्षतीमा लक्ष्य पुरा गर्दै ९ बिकेटले पहिलो खेल जितेको थियो । सिद्धार्थनगरका लागी अमित धोवीले ६ र रामकुमारले ४ बिकेट लिएका थिए ।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटीङ्ख गरेको सिद्धार्थनगरले  १२ ओभरमा ४ बिकेट गुुमाउदै एक सय चार रन बनाएको थियो । जितका लागी बिसाल लक्ष्य पछ्याएको मायादेवि दश ओभरमा अल आउट हुदै ४९ रनमा समेटीए सगै सिद्धार्थनगर ५५ रनले बिजयी भयो । मायादेविका कुनै पनि खेलाडीले दोहोरो अकं बनाउन सकेन्न । सिद्धार्थनगरको लागी रामकुमारले सार्वधीक ४६र अधिस ढकाले ३८ रन बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*