१० दिने शाक्यमोन्लम पूजा सकियो

खबरपथ संवाददाता
२ पुष २०८१, मंगलवार २२:१७

१० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा समापन गरिएको हो । भारतका ४१ औं शाक्य ट्रिछेनको उपस्थितीमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सृजना गरेको छ । कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितीमा लुम्बिनीमा हजारौं लामा, भिक्षु, उपासक उपासिकाहरु सहभागी भएर मोन्लम पूजा हुनु निकै ठूलो गौरव भएको बताए ।लुम्बिनीबाट शुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष सहित स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आम नागरिकहरुले समेत साथ दिनुपर्ने बताए ।

प्राणी जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्परा अनुसार लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्य मोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटलहरु भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्का जानकारी दिए । यो सिजनमा मोन्लम पूजाका कारण आर्थिक कारोवार समेत राम्रो भएको होटल व्यवसायीहरुले बताएका छन् । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले ४१ औं शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*