गुल्मेलि एकता समाज सैनामैनाकाे दाेस्राे साधारण सभा सम्पन्न
सैनामैना । गुल्मेलि एकता समाज सैनामैना १ बनकट्टा ले आफ्नो दाेस्राे साधारण सभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष दिर्घनारायण पाण्डेकाे अध्यक्षता सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि पुर्ब लुम्बिनी प्रदेश का सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले छोटो समयमा समाजले उदाहरणीय कार्य गरेको र समाज मा सकारात्मक सन्देश दिने गरि कार्य गरेकोमा शुभकामना र बधाई व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रमुख विघुत प्राविधिकरण प्रमुख हरि प्रसाद पाण्डे, संरक्षक शिवलाल अर्याल सल्लाहकार राम बहादुर कुँवर, सुर्य विक्रम राना , हाेमा देवि पाैडेल, चेत नारायण गिरि लगायत ले शुभकामना
ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा यो बर्ष ३७ वटा श्रद्धाञ्जली सभा कार्यक्रममा सहभागी भएको समाजका हरेक सामाजिक क्रियाकलापमा सहभागी भएको जानकारी महासचीव पुष्कर भुषालले जानकारी गराउनु भएको थियो । साथै अाजीवन सदस्य , विशिष्ट सदस्य, संस्थालाई सहयोग गर्ने सहयाेग दातालाई सम्मान गरिएको थियो। संस्थाका प्रथम उपाध्यक्ष फटि्टक के.सि.को स्वागत , महासचिब पुस्कर भुषालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। संस्था मा हाल गुल्मी जिल्ला बाट बसाई सरेर रुपन्देही को सैनामैना आउनु भएका ४२२ जना सद्स्य रहनु भएको छ ।