विश्व हिन्दु महासङ्घ तिलोतमाको दोश्रो अधिवेशन : अध्यक्षमा ताराप्रसाद भुसाल सहित २५ सदस्यीय नयाँ कार्यसमिति

चक्रपाणि डुम्रे
७ पुष २०८१, आईतवार १०:३२

तिलोत्तमा । विश्व हिन्दु महासंघ तिलोत्तमा नगर समितिको दोश्रो अधिवेशन शनिबार तिलोत्तमाको भलबारीमा सम्पन्न भएको छ।
अधिवेशनले ताराप्रसाद भुसालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । जसको उपाध्यक्षमा इन्दिरा गिरी, सचिवमा बसन्ती गैरे, सह-सचिवमा यमुना पंगेनी, कोषाध्यक्षमा पेमा पंगेनी, सह-कोषाध्यक्षमा ज्ञानु पंगेनी निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा शोभा पंगेनी, विष्णु गौतम, रक्षा तिवारी मुना गिरी, संगीता भट्टराई ,सीता शर्मा भुसाल रजनी बस्याल, कमला पाण्डे , डोलराज पंगेनी , शोभाकान्त ढकाल, हरिकला ज्ञवाली, हरिप्रसाद बस्याल ,लक्ष्मण शर्मा न्यौपाने ,राजेश भट्टराई र राधा पाण्डे लीलादेवी पाण्डे , मथुरा भण्डारी, प्रेम भण्डारी हुनुभएको छ।

निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद पाण्डेय, प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनी, अन्य अतिथिहरु विश्व हिन्दु महासङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष गिरीराज पाठक, प्रदेश सचिव कमल कान्त पौडेल , जिल्ला उपाध्यक्ष डा.बाबुराम ज्ञवाली, हरिप्रसाद ज्ञवाली, वडा सदस्य शोभाकान्त ढकाले बोल्दै सनातन धर्म संस्कृति रक्षा सुसंस्कार जगेर्ना गर्न अगिल्लो कार्यसमिति गरेका कार्यको प्रशंसा गर्दै नयाँ कार्यसमिति बने क्रियाशील हुँदै अझ सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रमको सञ्चालन सुष्मा हमालले गर्नुभएको थियो ।
विश्व हिन्दु महासंघ तिलोत्तमा नगर समितिले स्थानीय धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागिता र सहयोग गर्दै आएको छ त्यस्तै महत्त्वपूर्ण चाडपर्व नयाँ वर्ष,अक्षय तृतिया, तीज, माघे संक्रान्ति शिवरात्री र प्रत्येक एकादशी लगायतका चाडपर्व भजन कीर्तन सहित विशेष रुपमा मनाउने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*