सरकार सञ्चालनमा जनता सन्तुष्ट छैनन् : नेतृ संग्रौला
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाउँनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताईन् । काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउँन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटिई क्रियाशिल वितरण पनि अगाडी बढाएको बताईन् ।
क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताईन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होईन, अस्थिरता अन्त्य सँगै संविधान संशोधनकै लागि काँग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताईन् । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ संग्रौलाले कार्यदल मार्फत अगाडी बढाउँने बताईन् । वर्तमान सरकार विधीको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भष्ट्रचार गर्नेलाई कार्वाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने बताईन् ।
पुर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताईन् ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमती अनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् । संविधान संशोधनमा महिलाको अधिकार प्राप्तीका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउँनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउँनुपर्नेमा जोड दिईन् ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।