रुपन्देही नागरिक समाज सिद्धार्थनगर नवनिर्वाचित कार्यसमितिको पदस्थापन
बुटवल । रूपन्देही नागरिक समाज सिद्धार्थनगर कार्यसमितिकाे छैटौँ साधरणसभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित
पदाधिकारीहरूकाे शनिबार पदस्थापन गरिएको छ। पौष १५ गते भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गरिएको हो।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमेज तिमिल्सिना, उमकान्त चापागाईं, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमन खाँ लगायतको उपस्थितिमा पदस्थापन गरिएको थियो।
रुपन्देही नागरिक समाज सिद्धार्थनगरमा अमित कुमारको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।