एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

खबरपथ संवाददाता
२२ पुष २०८१, सोमबार १२:३९

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।

हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रिय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।

जसअनुसार बैठकमा पेश गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् । उनीहरूका लागि ३ ३ मिनेटको समय छुटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*