सहमति जुटाउनु पर्ने भएकाले संबिधान संसाेधन २०८७ मा : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा बिच आज बिहान भेट भएको छ।
त्यस अवसरमा समसामयिक परिस्थितिका बारेमा बिचार विमर्श भएको थियो। प्रम ओलीद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन ।
आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसदमा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने वताईरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको वताए ।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेको वारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।