बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

खबरपथ संवाददाता
१४ असार २०७६, शनिबार २१:१७

बुटवल। जापान अन्तर्राष्ट्रिय लेवर फाउण्डेसन (जिलाफ)को सहयोगमा सञ्चालित अनौचारिक बालशिक्षा कार्यक्रममा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्रि सहित स्कुल व्याग प्रदान गरिएको छ ।

जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले रुपन्देही सहित ९ जिल्लामा अनौपचारिक बालशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले उजिरसिंह माध्यमिक बिद्यालयमा सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रममा अध्ययन गर्ने ५० जना बालबालिकालाई शैक्षिक सत्रको सुरुवातीमा शैक्षिक सामाग्रि सहित बिद्यालय झोला वितरण गरेको हो ।

शुक्रबार आयोजना गरिएको शैक्षिक सामाग्रि वितरण गर्दै नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचका उपाध्यक्ष कृष्णप्रसाद वेलवासेले अनौपचारिक क्षेत्रमा काम गर्ने तथा विपन्न वर्गका मजदुरका छोराछोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रमले बिद्यालयको पहुँचमा नरहेका बालबालिकालाई शिक्षाको ज्योती बाल्ने काम गरेको बताउनु भयो । जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले ५० जना बालबालिकालाई तीन वर्षे अनौपचारिक शिक्षा प्रदान गर्दै आएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको शैक्षिक सामाग्रि वितरण कार्यक्रममा सामाजिक सुरक्षा तथा श्रमिक विभागकी केन्द्रीय सदस्य, नेपाल व्यूटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा, ट्रेड युनियन काँग्रेस रुपन्देहीका कोषाध्यक्ष सूर्यदेव दास, सचिव हिमबहादुर केसी लगायतले भनाई राख्नुभएको थियो ।
सोही अवसरमा अनौपचारिक बालशिक्षा कार्यक्रमबाट शैक्षिक यात्रा सुरु गरेर एसईईमा उत्तिर्ण आशा बिकलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*