मदिरा व्यवसायीलाई मर्यादित र व्यवस्थित बनाऔ : मन्त्री केसी

हरिश ढकाल
१५ असार २०७६, आईतवार ०७:४६

बुटवल ।
मदिरा ब्यबसायी महासंघ, प्रदेश नम्बर ५ को कार्यालय स्थापना तथा बृहत अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । प्रदेशका १२ जिल्लाका करिब १ सय जना मदिराजन्य ब्यबसायीहरुको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले मदिरा ब्यबसायलाई थप मर्यादित र ब्यबस्थित बनाउनु पर्ने बताउनु भयो ।
अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने गुणस्तरिय मदिरा उत्पादनलाई अबको मार्गदिशा बनाउन ब्यबसायीलाई आग्रह गर्दै मन्त्री केसीले नेपाल पर्यटन बिकासको प्रबल संभावना भएको मुलुक भएकाले मदिरा ब्यबसायको भविष्य राम्रो रहेको जिकिर गर्नु भयो । प्रदेश सरकारले औद्योगिक ब्यबसाय ऐन बनाई सकेकोले प्रदेश ५ का १२ जिल्लामा मदिराजन्य उद्योग स्थापना गर्न कुनै समस्या नरहेको जानकारी गराउँदै मन्त्री केसीले मदिरा ब्यबसायका क्षेत्रमा रहेको बिकृति बिसंगती अनत्य गर्दै मर्यादित र ब्यबस्थित बनाउदै लैजानु पर्ने कुरामा जोड दिनुभयो ।
मदिरा ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम सेर्पा, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत हिमाल गौतम, मदिरा ब्यबसायी महासंघका प्रदेश अध्यक्ष गिरिराज पौडेल, सचिव सल्लाहकार खिमबहादुर खत्री, प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई, मन्त्रीपरिषदको कार्यालयका अधिकृत दिपक भट्टराई, बुटवल उद्योग बाणिज्य संघका महासचिव दिनेश श्रेष्ठ, पाल्पा उद्योग बाणिज्य संघका महासचिव यादवसिंह कार्की, मदिरा ब्यबसायी मृगेन्द्र श्रेष्ठ लगाएतले मदिरा ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायबारे चर्चा गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*