तिलोत्तमामा मनाइयो धान दिवस( फोटो फिचर )

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार १६:५४

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो । वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा स्थानीय अब्बल किसानलाई प्रोत्साहन समेत गरिएको छ ।

 

रोपाइँमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष खेमराज गुरुङ्घ, कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न कृषक समूह, आमा समूह, टोल विकास संस्थालगायत किसानहरुको सहभागिता रहेको थियो । सहभागीहरुले पञ्चेबाजाको तालमा झण्डै दुई बिगाहा खेत रोपेका छन् ।

रोपाइँको सुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले श्रमको सम्मानका साथै कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको बताउनुभयो । व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने नीति लिएको बताउँदै उहाँले किसानले भोग्दै आएका समस्या समाधान गर्न नगरपालिका प्रत्यनशील रहेको जानकारी बताउनुभयो ।

कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं. १५ का वडाध्यक्ष खेमराज गुरुङ्घलगायतले धान दिवसको महत्व तथा कृषिको प्रवद्र्धनमा नगरपालिकाले अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण ः चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । तिलोत्तमा नगरपालिकामा झण्डै ८० प्रतिशत भू—भागमा धान खेती हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*