फोर जिपिए ल्याउने विद्यार्थीलाई एन प्याब्सनले गर्याे सम्मान

झविन्द्र देवकोटा
१५ असार २०७६, आईतवार २१:१६

बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सन रुपन्देही एस.ई.ई. परीक्षामा फोर जीपिए ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ । एन प्याब्सनले रुपन्देहीको देवदहमा एस.ई.ई परीक्षा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम गरेर फोर तथा सो सरह जीपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

एन प्याब्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै शिक्षा विकास निर्देशनालय प्रदेश ५ का निर्देशक मनोज गैरेले विद्यालयलाई राम्रो र अब्बल बनाउनका लागि विद्यार्थीको गुणस्तरिय अध्ययनका मापन आधार प्रमुख रहेको बताउनुभयो । उहाँले विद्यार्थीले राम्रो नतिजा ल्याउन विद्यालय र शिक्षकको पनि उत्तिकै भूमिका रहने भएकाले अध्यापनमा गुणस्तरियतालाई शिक्षकले जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका पुर्व अध्यक्ष टेकबहादुर थापा, देवदह नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम अर्याल, एन प्याब्सन नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, प्रदेश उपाध्यक्ष विष्णु पौडेल, प्रदेश सहसचिव होमनाथ ढुङ्गाना, बाबुराम बन्जाडे, एस.ई.ई. परीक्षामा फोर जिपीए ल्याएका देवदह बोर्डिङका विद्यार्थी गौरब खनाल लगायतले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन अध्ययनमा निरन्तरता तथा लगाव जरुरी रहेकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उच्च शिक्षाका लागि अझै लगाव र मेहनतका लागि शुभकामना दिनु भएका थियो ।

एन प्याब्सन रुपन्देहीका सचिव जेबी क्षेत्रको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रमा फोर जी.पि.ए. ल्याएका गौरब खनाल, ३ दशमलव ६५ जी.पि.ए. ल्याएका समिर वाग्ले, रोचक पंगेनी, सृजना पाण्डे, मनोज कुमार थापा, साहिल तिवारी, संगम सुनार लगायतलाई सम्मान गरिएको थियो । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद १० हजार सहित एन प्याब्सनले सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*