कृषि पत्रकार समाज प्रदेश पाँचद्धारा शुभकामना आदान–प्रदान

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार २१:५०

बुटवल ।
१६ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि पत्रकार समाज प्रदेश ५ को आयोजानमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सचिव अधिकारीले खाद्यान्नको उत्पादकत्व वृद्धिको लागि यन्त्रीकरणमा विशेष जोड दिनुपर्ने बताए । उनले नेपालमा खेती गरिने जमिन विस्तारै घट्दैै गएको भन्दै यान्त्रीकरणबाट १५ प्रतिशत सम्मा उत्पादन वृद्धि गर्न सकिने जानकारी दिए ।
प्रदेश स्तरमा ३ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा खेती हुदै आएकोमा करिव १३ लाख ८४ हजार मेट्रिक टन उत्पादन हुने गरेको सचिव अधिकारीले जानकारी दिए । नेपालको धान उत्पादनमा करिव २४.५ प्रतिशत र क्षेत्रपलका हिसाबले करिव २३.८ प्रतिशत हिस्सा धानलले ओगटेको सचिव अधिकारीको भनाई रहेको छ ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षि महाशाखा प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा प्रदिप शर्मा पौडेल , कृषि विकास महाशाखा प्रमुख श्रीधर ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष डिपी खनाल, डेरी एशोसीयसन प्रदेश ५ संयोजक कृष्ण प्रसाद भट्राई, लुम्बिनी फलफुल तथा थोक व्यवसायी समितिका अध्यक्ष केशव कुँवर, च्याउ उत्पादक किसान संघ प्रदेश ५ का उपाध्यक्ष कृष्ण पोखरेल लगयातको आतिथ्यता रहेको थियो ।

कार्यक्रम कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डेको स्वागत तथा सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको थियो । समाजका प्रदेश अध्यक्ष कृष्ण खनालले अर्को बर्ष राष्ट्रिय धान दिवस किसानकै खेतमा गएर मनाउने योजना बनाएको जानकारी दिएका थिए । समाजले गतपनि उक्त कार्यक्रम गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*