मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान

खबरपथ संवाददाता
१६ असार २०७६, सोमबार १३:५४

बुटवल ।
मुख्यमन्त्री शंकर पोखरेल आज मित्र राष्ट्र चीन प्रस्थान गर्नु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उहाँ चीनको छेन्दु प्रस्थान गर्नु भएको हो । चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट केहीबेर अघि उहाँ छेन्दु प्रस्थान गर्नु भएको हो ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी,स्वकीय सचिव निरजराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती सहभागि हुनुहुन्छ ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कनु हुनेछ । यसैबिच कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्राप्त गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले चीन भ्रमणबाट नर्फदासम्मका लागि मन्त्री केसीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*