आधारभूत पत्रकारिता तालिम सञ्चालन

खबरपथ संवाददाता
१७ असार २०७६, मंगलवार २१:३७

बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । तालिमको एक कार्यक्रमका बीच आज (मंगलबार) बुटवलमा उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव आर.पी. आचार्यले तालिमको उद्घाटन गर्नुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा बोल्दै सचिव आचार्यले पत्रकारिता पेशा सम्मानित र सेवामूलक भएको बताउँदै यसलाई व्यवसायिक रुपमा निरन्तर अगाडि बढाउन सके सफलता प्राप्त गर्न सकिने बताउनु भयो ।
हरेक पेशामा चुनौती रहेको बताउँदै उहाँले पत्रकारितामा निरन्तरता र व्यवसायिकताको खाँचो रहेको समेत औल्याउनु भयो । वर्तमान सन्दर्भमा दक्ष र इमान्दार पत्रकारहरुको खाँचो रहेको पनि उहाँको धारणा थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय पत्रकारिताको अवसर र संभावना बढ्दै गएकाले पत्रकारितामा सन्तुष्ट हुन सक्नु पर्ने बताउनु भयो । सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष मिलन गाहा, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भूषाल, नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर अध्यक्ष अरुण कुमार श्रेष्ठ, नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, तामाङ घेदुङ बुटवल उपमहानगर समितिका अध्यक्ष शम्भु मोक्तान, छन्त्याल संघका राम बहादुर छन्त्याल, थकाली सेवा समितिका नेपाल तारा गौचन, नेवा पुचःका चिरञ्जीवी श्रेष्ठ, मञ्जु चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम फोनिजका मिन रानाको स्वागत तथा समितिका सदस्य दीपक दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो । बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा ५० जना प्रशिक्षाार्थीहरु सहभागी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*