सिद्धार्थनगरको बजेट सर्वसम्मत पारित

खबरपथ संवाददाता
१७ असार २०७६, मंगलवार २१:४६

भैरहवा  ।

सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पाँचौ नगर सभाबाट सर्वसम्मत पारित भएको छ । असार १० गने नगर सभामा उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटबारे नगर सभा सदस्यहरुले अध्ययन गरेपछि छलफल गरी बजेट पारित गर्दै मंगलबार नगर सभा सकिएको छ । बजेटमा पूँजीगततर्फ १ अर्ब रुपैयाँ र चालुतर्फ समाजिक सुरक्षा समेत गरी २६ करोड ५९ लाख १८ हजार विनियोजन गरिएको छ । पर्यटन, कृषि, खेलकुद, फोहोर व्यवस्थापन, पूर्वाधार विकास लगायतलाई प्राथमिकता बजेटमा दिइएको छ ।

बजेटमा पर्यटन क्षेत्रको विकासका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै नगरपालिकाले लक्षित वर्गतर्फ ४८ लाख, नगर स्तरीय योजनातर्फ १८ करोड ३१ लख, वडास्तरीय योजनातर्फ ८ करोड ३१ लख, र विषयगततर्फ २ करोड ३५ लाख बजेट छुट्टयाएको छ । विषयगतमा कृषितर्फ २५ लाख, शिक्षातर्फ १ करोड १५ लाख, सहकारीतर्फ ५० लाख, महिला विकास कार्यक्रमतर्फ ३५ लाख, पशुसेवा तर्फ ४० लाख र स्वास्थ्यतर्फ १५ लाख विनियोजन गरेको छ । यस्तै क्षेत्रीय सहरी विकास आयोजनातर्फ ४३ करोड ५ लाख, मेसिनरी औजार लगायतमा ५० लाख, खानेपानी तथा सरसफाईतर्फ ३२ लाख, ससर्त अनुदानतर्फको खर्च १८ करोड ५६ लाख हुने जनाइएको छ ।

नगरपालिकाले दीगो विकासका ५ स्तम्भहरु पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरिएको जनाएकोछ । उद्योग, पर्यटन, व्यापार क्षेत्रमा लगानी बृद्धिका लागि स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने नीति नगरपालिकाले लिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । यस्तै, उपप्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संचालन गर्ने, स्थानीय पत्रकारितालाई दीगो बनाउन अक्षयकोष स्थापना गर्ने, खेलकुदको विकास गर्न उपप्रमुख महिना कप संचालन गर्ने र मेयर कपलाई निरन्तर गर्ने, फोहोर व्यवस्थापन, नगरलाई हरियाली र बुद्धमय बनाउन अभियान चलाउने, भीम अस्पतालमा सेवा थप गर्ने, जमिन मुनीको पानी संरक्षण गर्ने नीति ल्याउने, फुटपाथ अभिक्रमणलाई निरुत्साहित गर्ने, ध्वनी प्रदूषणलाई नियन्त्रण गर्ने, पूर्ण खोपलाई सुनिश्चित गर्ने, शिक्षा क्षेत्रको सुधारमा विशेष योजना ल्याउने जनाइएको छ ।

युवा लक्षित कार्यक्रम संचालन गर्ने, पर्यटकीय गेट, सामुदायिक कृषि भवन, दरखसवा पार्क, डण्डामा बोटिङ संचालन जस्ता कार्यलाई समयमै निर्माण गरी संचालन गर्ने, मापदण्ड अनुसारमा सबै सडक पक्की गर्ने, क्षेत्रीय सहरी विकास आयोजनाका बाँकी कायम गुणस्तरी बनाउँदै समयमै सम्पन्न गर्ने, लैगिक हिंसा न्यूनीकरणमा विशेष अभियान संचालन गर्ने नीति नगरपालिकाले लिएको छ ।

सभा सभापन अवसरमा बोल्दै नगर प्रमुख अधिकारीले सबैको सहकार्यले मात्रै ल्याइएको नीति कार्यक्रम र बजेट कार्यान्वयन हुने बताए । वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल, ४ का अध्यक्ष मुक्तिनाथ यादव, कार्यपालिका सदस्य इन्द्रिरा क्षेत्री, वडा सदस्य कुमार गुरुङ, सरोज ठकुरीले समृद्ध नगर बनाउन सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*