प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

मुख्यमन्त्री पोखरेल र गभर्नर लीबीच समझदारीपत्रमा हस्ताक्षर
खबरपथ संवाददाता
१८ असार २०७६, बुधबार ११:२९

बुटवल ।  प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्रीशंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताउनुभयो ।
समझदारी पछि मुख्यमन्त्रीपोखरेल रगभर्नर लीले दुई प्रदेश बीच उच्च स्तरको भ्रमण आदान प्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताउनु भयो । त्यसैगरी उहाँले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाउनु भयो ।
उहाँले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । उहाँले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनगइरहेको र छेन्दु—भैरहवाबीच सिधाहवाई उडान सञ्चालनकालागिआवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताउनुभयो ।

प्रदेश ५ कृषि र पर्यटन विकासको प्रचुर संभावना रहेको र सिचुवानले कृषिको व्यवसायिकविकास र पर्यटन प्रवद्र्धनमा गरेको हासिल गरेको अनुभव कामलाग्ने मुख्यमन्त्रीले बताउनुभयो । त्यसैगरी औद्योगिक विकासको संभावना उत्तिकै रहेको प्रदेश ५ मा तीन औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानका लगानीकर्तालाई लगानीका लागिग भर्नरबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री—उपमहानिर्देशक भेट:
यसै गरी मुख्यमन्त्रीसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशकमा से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पूराना रहेको र दुई पार्टी बीचको सम्बन्धले दुई देश बीचको मित्रतामा पनि बल पु¥याएको बताउनु भयो । उहाँले नेकपार नेपालले लिदै आएको एक चीननीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डता प्रति पनि चीनको सम्मान रहेको बताउनुभयो ।
मुख्यमन्त्रीले पार्टी निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाका लागि काम लाग्ने र चीनको विकास प्रयास पनि नेपालका लागि काम लाग्ने बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमा चिनियाँ सद्भाव प्रति धन्यवाद दिनुभयो । उहाँले विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनी सम्म जोडिने कुराले प्रदेश ५ काजनता खुशी भएको बताउनुभयो । चिनियाँ रेल लुम्बिनी पु¥याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फ्डको हुने र चिनियाँ नागरिकलाई लुम्बिनी पुग्न सहजहुने उहाँले बताउनुभयो ।
उहाँले नेपालीनागरिक राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पु¥याउन नेता सङलाई आग्रह गर्नु भयो ।
उपमहानिर्देशकलीले यो वर्ष नेकपाको तीन उच्चस्तरीय भ्रमण भएको र प्रदेशस्तरीय भ्रमण आदान प्रदान प्रदेश ५ बाट शुरु गरेको बताउनुभयो ।

मुख्यमन्त्री—कृषि अनुसन्धान केन्द्र प्रमुख भेट :
त्यसै गरी मुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्रका प्रमुख यानसिउपिन बीचपनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुखसिउपिनले सिचुवानमा कृषिको व्यवसायिक विकासमापाएको सफलताबारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराउनुभयो । सिचुवान प्रान्त कृषि उत्पादनमा निकै राम्रो गरेको चर्चा गर्दै कृषिको व्यवसायिक विकासले किसानको जीवनस्तरमा सुधार आएको बताउनुभयो । उहाँले कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा लगाउन विशेष कार्यक्रम चलाएको बताउनुभयो । कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको र त्यसले आर्कषण गरेको उहाँको भनाई छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ पनि कृषिको व्यवसायिक विकासको प्रचुर संभावना रहेको बताउँदै व्यवसायिकविकास गर्न र किसानको जीवनस्तर सुधार गर्न सिचुवानको अनुभव काम लाग्ने बताउनुभयो । उहाँले रोजगारीको लागि युवा विदेश जाने प्रवृति नेपालमा निकै रहेको र कृषिको व्यवसायिक विकास मार्फत गाउँमै युवालाई राख्न चिनियाँ अनुभव काम लाग्ने बताउनु भयो ।
उहाँले कृषि अनुसन्धानको सिचुवानको अनुभव प्रदेश ५ का लागिकाम लाग्ने भएकाले प्रदेश ५ को भ्रमण गरी आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुग्नु भएको हो ।
मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख : सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वतीपुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ काप्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्यनवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबानगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपाभोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवरामयादव, सुमित्राविसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहनबास्तोला र देविका घर्ती हुनुहुन्छ ।
त्यसै गरी भ्रमणका क्रममा सिचुवान प्रान्तको याआननगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुर बाबा नगरपालिका बीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।
मुख्यमन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*