तिलोत्तमाको भलवारीमा किरियापुुत्री भवन बन्ने

खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १५:४६

बुटवल । रुपन्देहीको तिलोत्तमा– ७ भलवारी नजिकै दम्कामा किरियापुुत्री भवन बन्ने भएको छ । रुपन्देही विद्युुतीय व्यवसायी संघले किरियापुुत्री भवन र आफ्नो कार्यालय भवन बनाउन लागेको हो ।

दुुई तले भवनको पहिलो तलामा किरियापुुत्री र दोस्रो तलामा विद्युुतीय व्यवसायी संघको कार्यालयको रुपमा प्रयोग गरिने छ । भवनको बुुधबार तिलोत्तमा नगरपालिकाका प्रमुुख बाशुुदेव घिमिरले शिलन्यास गरे । सो अवसरमा बोल्दै उनले छिटो निर्माण सम्पन्न गर्न आग्रह गरे । घिमिरेले सामुुदायिक प्रयोजनका लागि भवन बनाउन थालेकोमा खुुशी व्यक्त गर्दै आवश्यक सहयोग गर्न नगरपालिका पनि तयार रहेको बताए ।

भवन निर्माणसँगै वरपरको क्षेत्रमा वृक्षरोपण गरी स्वच्छ र हरभरा तिलोत्तमा बनाउने नगरपालिकाको अभियानमा सहयोग गर्न आग्रह समेत गरे । कार्यक्रममा विद्युुतीय व्यवसायी संघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलले भवन बनाउनका लागि संघलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उनले आगामी दिनमा पनि भवनका लागि सहयोग गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

विद्युुतीय व्यवसायी संघ रुपन्देहीका अध्यक्ष प्रकाश चन्द्र पाण्डेले भवन जतिसक्दो छिटो निर्माणमा आफूूहरु जुुटने बताएका छन् । भवनका लागि तिलोत्तमा नगरपालिकाले जग्गा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त समेत गरे । संघका अध्यक्ष प्रकाशचन्द्र पाण्डेको अध्यक्षता, संघका तिलोत्तमा अध्यक्ष दुुर्गाप्रसाद पाण्डेको स्वागत तथा महासचिव लोकनाथ पोखरेलको सञ्चालनमाा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*