योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त

खबरपथ संवाददाता
१५ श्रावण २०७६, बुधबार १५:१९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगश भट्टराई संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेता भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*