सत्यवतिका पहिरो प्रभावितलाई राहत वितरण

खबरपथ संवाददाता
१६ श्रावण २०७६, बिहीबार १४:३६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी– रुपन्देही सम्पर्क मन्चले सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । मन्चले बुधवार गुल्मी सत्यवती गाउपालिका –३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा पुगेर राहत सामग्री वितरण गरेको हो ।
मन्चका सत्यवति संयोगक विष्णु प्रसाद भण्डारीले सवैभन्दा वढि भौतिक क्षेती पुगेको लुम्पेकमा १ सय २५ कट्ठा चामल, ३३ केजी दाल १ वोरा नुन, सावुन, खानेतेल लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए । प्रदेश सभा सदस्य कमल श्रेष्ठ, दिनेश पन्थी, खड्ग केसी र मन्चका अध्यक्ष देवराज खनालले गाउ“ पालिका अध्यक्ष पारिश्वर ढकाल र वडा नं ३का अध्यक्ष रुकबहादुर रानालाई राहत सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सांसदहरुले विस्थापितहरुको दिर्घकालिन आवश्यकताको विषयमा प्रदेश सरकारको ध्यानकर्षण र पहलकदमी लिने प्रतिवद्धता जनाएका थिए । मन्चका अध्यक्ष खनालले विस्थापित भई अस्थायी शिविरमा आश्रय लिएकाहरुको पिडामा केही सान्तवना मिलोस भनेर राहत लिएर आएको बताए ।
त्यसै गरी गाउपालिका अध्यक्ष ढकालले पहिरो गएको क्षेत्रमा वस्ती सार्न जोखिम भएकाले पुनस्थापनको लागी पहल गरिदिन प्रदेश सांसदलाई आग्रह गरेका थिए । ठूलोलुम्पेकको विभिन्न १६ स्थानमा शिविर राखिएको छ । जहा“ जोखिमा रहेका ३ सय ७ घरका १२ सय ६० जना रहेका छन । पुर्ण रुपमा क्षेती भएका (घरविहिन) १७ घर परिवार बाहेक अन्य परिवारका सदस्यहरु गोठ्ल्याई गर्न दिउसोमा घर जाने गरेका छन । राती शिविरमै वस्न आउने गरेका छन ।
त्यसैगरी सत्यवति वडा नं ४ लिम्घामा पनि मन्चले राहतको सामग्री वितरण गरेको छ । चामल २६ कट्ठा चामल, दाल १ वोरा नुन १ कठ्ठा तेल लगायतका सामग्री प्रदान गरिएको मन्चका सचिव प्रकाश भट्टराईले जानकारी दिए । वडा अध्यक्ष दानवहादुर रानालाई राहत सामग्री वितरण गरिएको थियो । विस्थापितहरुलाई सत्यवती मावि र आसपासका टेण्ट टागेर राखीएको अध्यक्ष रानाले जानकारी दिए । लिम्घामा पनि प्रदेश सभा सदस्यहरुले स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । लिम्घामा १ सय ५० जना विसथापित भएका छन । ३ घर पुर्ण रुपमा क्षति भएको छ भने २४ घर विस्थापित भएको वडाध्यक्ष रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*