स्थानीय तहमा लक्ष्यित वर्गका लागि विनियोजित बजेट अप्रयाप्त

सनु थापा
१७ श्रावण २०७६, शुक्रबार १९:२०

बुटवल ।
लक्ष्यित वर्गको सशक्तिकरण र उत्थानका लागि स्थानीय तहमा विनियोजन गर्ने गरिएको बजेट अपयाप्त रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले आजबुटवलमा आयोजना गरेको ‘स्थानीय तहको बजेटमा लक्ष्यित वर्गको अवस्था र पहुँच’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा बोल्दै प्रदेश–५ सभा सदस्य तुलाराम घर्तीमगर बसन्तले स्थानीय तहको बजेटमा लक्ष्यित वर्गको पहँुच पुग्न नसकेको बताउनु भयो । देशले संघीयताको अभ्यास गरिरहेको सन्दर्भमा स्थानीय लक्ष्यित समूहलाई स्थानीय सरकारको अनुभूती दिलाउनु पर्ने उहाँको धारणा थियो । गरिब, विपन्न, अल्पसंख्यक लगायत लक्ष्यित वर्गको स्थानीय सरकारसम्म पहुँचको लागि स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
महिला, समावेशी समानुपातिक र अल्पसंख्यकको प्रतिनिधित्व गरेर जुनसुकै तहको सरकारमा पुग्ने उनीहरुका प्रतिनिधिहरुले उनीहरुकै आवाज राख्न नसक्नु दुर्भाग्य रहेको उहाँको भनाई थियो ।

भौतिक पूर्वाधार बाहेक स्थानीय समुदाय र सभ्यताको संरक्षण, प्रवद्र्धन र विकासलाई पनि विकासको रुपमा  स्वीकार गर्न नसक्ने स्थानीय सरकारका नेतृत्व गर्नेहरुबाट परिवर्तनको आसा गर्न नसक्ने कुरामा सहभागीहरुको जोड थियो । स्थानीय तहमा बजेट परिचालनको अवस्थामा सन्तोष गर्ने ठाउँ नभएकोमा स्वयं स्थानिय तहका जनप्रतिनिधिहरुको गुनासो छ । लक्ष्यित वर्गको बजेट विनियोजन र प्रभावकारी का¥यान्वयनका लागि एक आपसमा समन्वयको खाँचो समेत औल्याइएको थियो ।
अन्तरक्रियामा कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा त्रामुले कञ्चन गाउँपालिकाले गत आर्थिक वर्षमा ९६ प्रतिशत बजेट खर्च गरेको दावी गर्नुभयो । दलित, महिला, आदिवासी जनजाति लगातका लक्ष्यित वर्गका लागि कञ्चन गाउँपालिकाले सहज रुपमा प¥याप्त रुपमा बजेट विनियोजन र परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टाले प्रस्तुत गर्नुभएको अवधारणा पत्रमा सिद्धार्थनगर कार्यपालिका सदस्य सुबोध तुलाचन, देवदह नगर कार्यपालिका सदस्य बन्धु कुमाल,  कञ्चन गाउँपालिका वडा नं–१ का सदस्य हरिनारायण चौधरी, थकाली सेवा समितिका केन्द्रिय कोषाध्यक्ष शिबप्रसाद शेरचन, नेपाल आदिवासी जनजाति महासंघ सैनामैना नगर अध्यक्ष मोतीप्रसाद राना, महासंघकै बुटवल नगर सचिव शम्भु मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर सचिव चित्रप्रसाद गुरुङ, नेवा पुचः बुटवलका अध्यक्ष काजीमान श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रम महासंघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर तामाङको स्वागत तथा सचिव चित्रप्रसाद तुलाचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*