पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डतर्फ

खबरपथ संवाददाता
२४ श्रावण २०७६, शुक्रबार १५:०९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् ।

उनी भदौ २२ मा मात्र नेपाल फर्कने जानकारी दिइएको छ ।

केही दिनयता निजी काम, उपचार र बिदा मनाउने भन्दै शीर्ष नेताहरु देशबाट बाहिरिएका बेला पूर्वराजा शाह पनि बैंककतर्फ लागेका हुन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि हाल देश बाहिरै छन् । यहि साउन १८ गते उपचारका लागि भन्दै सिंगापुर गएका ओली आइतवार स्वदेश फर्कने भएका छन् । यस अघि उनी शुक्रबार (आजै) स्वदेश फर्कने बताइएको थियो ।

सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल भने साउन १८ गते नै चार दिने बिदा मनाएर दुबईबाट नेपाल फर्किएका थिए ।

( ईमेज खबर डट .कम.बाट साभार )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*