मुुख्यमन्त्री पोख्ररेलद्धारा बकर इद पर्वको शुभकामना सन्देश

बकर इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना
खबरपथ संवाददाता
२७ श्रावण २०७६, सोमबार ०८:४५

बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोख्रेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इद पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुु भएको छ ।

मुख्य मन्त्री पोख्रेलद्धारा जारी बिज्ञप्तीमा भनिएको छ विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन् । सुमदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो । सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेका छन् ।बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात—जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । तीन तहको चुनाव सम्पन्न भएपछि मुलुकमा संविधान कार्यान्वयनको व्यवहारिक अभ्यास भइरहेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण तयार हुने छ । सबैले अधिकारको व्यवहारिक रुपमा उपभोग गर्न पाउँदा लोकतान्त्रिक शासन व्यवस्थाप्रति अपनत्व महशुस हुने वातावरण बन्नेछ ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाजनिर्माण गर्ने हाम्रो लक्षहो ।समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ। त्यसकालागिहामीले समृद्ध प्रदेश खुसीजनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । प्रदेश सरकारको स्थापनाको यो अवधिमा हामीले आवधिक योजना तयार गरी प्रादेशिक विकासको रुपरेखा तयार गरेका छौं । समृद्ध प्रदेशकामाध्यमवाट समृद्ध नेपाल निर्माण गर्नेमहाअभियानमा यस प्रदेशकासबै राजनैतिकदल, समुदाय,संघ संस्था र आमनागरिकमा हार्दिक अपील गर्दछु ।

अन्त्यमा, बकर इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ साउन २७

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*