बुटवलमा खुल्यो अर्गानिक कृषि बजार

खबरपथ संवाददाता
२९ श्रावण २०७६, बुधबार १८:५२

बुटवल ।
आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा अर्गानिक कृषि बजार स्थापना गरेको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा ४४ लाख लागतमा स्थापना गरिएको कृषि बजारको आज प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले अर्गानिक उत्पादनमा विशेष जोड दिनु आवश्यक रहेको भन्दै यसबाट नै स्वाथ्य जिवनको सुरुवात हुने जानकारी गराउनुभयो ।
कृषि बजारमा विभिन्न ६० वटा कृषि समुहले उत्पादन गरेका विभिन्न कृषि जन्य बस्तु राखिएको छ । लेआउटमा किसानले उत्पादन गरेका विभिन्न अर्गानिक उत्पादनलाई विशेष जोड दिई राखिएको छ ।
आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिका अध्यक्ष बाम देव क्षेत्री९घिमिरेले० किसानहरुको उत्पादनलाई एउटा पुलको काम कृषि बजारले गर्ने जानकारी दिनुभयो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंको अनुदान सहकार्यमा आउटलेट स्थापना गरिएको अध्यक्ष क्षेत्री घिमिरेको भनाई रहेको छ ।

अध्यक्ष, बामदेव क्षेत्री (घिमिरे)
किसानलाई के कसरी बलियो बनाउने भन्ने विषयमा उद्यमशिलताले विशेष जोड दिएको उनको भनाई रहेको छ । किसानलाई पहिला अर्गानिक खेती गर्ने तरिकाबारे जानकारी दिने, सोही अनुसारको कृषि जन्य उत्पादन उत्पादन गर्ने, ति बस्तुको बजारीकरण गर्नेमा कृषि बजारले विशेष भुमिका खेल्ने उहाँको भनाई रहेको छ ।
अग्र्यानिक कृषिर उद्घाटन कार्यक्रममा नेपाली काग्रेस बुटवल उपमानगरपालिका सभापती खेलराज रेग्मीले किसानहरुलाई विचौलियाबाट जोगाउनको लागि किसानले उत्पादन गरेको सामान किसानहरुकै दरभाउमा विक्रि गरी किसानहरुलाई नै सक्षम बनाउनको लागि कृषि बजार उद्यत हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन गुनाराम घिमिरेले गर्नुभएको थियो भने अध्यक्षता प्रालिका अध्यक्ष बामदेव क्षेत्री९घिमिरे०को अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*