सेमलारमा सार्वजनिक सुनुवाइ सम्पन्न

खबरपथ संवाददाता
२९ श्रावण २०७६, बुधबार १८:५६

सेमलार । बुटवल उपमहानगरपालिका अन्तर्गत सेमलार स्वास्थ चौकीमा सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा न १६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबत्ता रामप्रसाद रेग्मीले स्वास्थ चौकी केही टाढा भएको भन्दै उपचारमा आउन जान केही कठिनाइ भैरहेको र यसलाई सहज बनाउन यातायात सेवा बिस्तार चाडै हुने यसैगरी स्वास्थ चौकिले दिइरहेको उपचार सेवा पुर्ण नभएको भन्दै बुटवल उपमहानगरपालिकाले थप सेवा बिस्तार गर्दै लैजाने योजना रहेको बताए ।

प्राथमिक उपचार ,आकस्मिक प्रसुति सेवा क्षयरोग सम्बन्धि औषधी वितरण जस्ता सेवा दिदै आएको छ । गएको आर्थिक वर्षमा ८२५ वृद्द वृद्दाहरुलाई घरमा गएर स्वास्थ्य चेक गरेको भन्दै २४ सै घण्टा प्रसुती सेवा सञ्चालनमा रहेको स्वास्थ चौकीका प्रमुख मोहन मिश्रले बताए ।

ञहामीले सकेसम्म यसक्षेत्रका बिरामीहरुलाइ अनेत्र जान नपरोस् भनेर सेवा चुस्तदुस्त बनाएका छौझमिश्रले भने । यता बुटवल उपमहानगरपालिकाका वडा न. ४का वडाअध्यक्ष दधिराम न्यौपानेले जनताको प्राथमिक उपचार स्वास्थ चौकीमा हुनुपर्ने भन्दै स्वास्थ जस्तो संवेदनशिल क्षेत्रमा सेवा छिटो छरितो हुनुपर्ने बताए ।

जनताको मागअनुसार सेवा बिस्तार गर्न नसकिको भन्दै स्थानीय सरकार प्रदेश सरकारले यस्ता गाउमा भएका स्वास्थ केन्द्रलाई सुविधा सम्पन्न बनाउनु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*