सिसिटीभिले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानी बढ्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ को रोल्पा बाहेक ११ जिल्लामा सिसिटिभी जडान
खबरपथ संवाददाता
३ भाद्र २०७६, मंगलवार ०८:००

बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटीभि जडान गरेको बताएका छन ।

प्रदेश नं. ५ ट्राफिक कार्यालयमा सिसिटिभि कन्ट्रोल रुपको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभि जडान भएका क्षेत्रमा दुर्घटना न्युनिकरणका साथै प्रहरीको निगरानी र पार्दशिताका लागि सिसिटिभी जडान गरिएको बताए । प्रदेशको रोल्पा बाहेक ११ जिल्लामा सिसिटिभी जडान भएको भन्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभि जडान पछि सुरक्षा प्रति जनताको विश्वास अझ बढ्ने बताए

उनले ट्राफिक व्यवस्थापनमा समस्या र बढि दुर्घटना हुने क्षेत्रमा समेत सिसिटिभी निगरानी बढाउनुपर्ने भन्दै त्यस्ता स्थानको पहिचान गर्न समेत आग्रह गरे । उनले सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराध पछि भन्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने अपेक्षा गरे ।

प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मदुसुदन लुईटेलले अपराध नियन्त्रण र दुर्घटना न्यूनिकरणमा सिसिटिभी जडानले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

आन्तारिक मामिला तथा कानुन मन्त्रालयले अघिल्लो आर्थिक बर्षमा सिसिटिभी जडानका लागि ३ करोड बजेट विनियोजन भएपछि सिसिटीभि जडान गरिएको उनले बताए । बुटवलमा मात्र आठ स्थानमा सिसिटिभि क्यामरा जडान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*