ख्याहा–रुपन्देही सम्पर्क समाजमा रक्तदान

खबरपथ संवाददाता
४ भाद्र २०७६, बुधबार ११:३६

बुटवल ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा–रुपन्देही सम्पर्क समाजको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको छ । मंगलबार रुपन्देहीको शंकरनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक जगदिश न्यौपानेले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरेले संस्था स्थापना भएको छोटो समयमा नै सामाजिक काममा सक्रियता प्रदर्शन गरेको भन्दै स्रहाना व्यक्त गर्नुभयो । उहाँले संस्थाले ख्याहा र रुपन्देहीमा रहेका ख्याहालीलाई जोड्न पुलको काम गर्न सुझाव दिनुभयो । त्यसको लागि आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष तुलसीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा समाजसेवी गिरीराज गैरे (राजु), सल्लाहकार मेघराज न्यौपाने, लगायतले संस्थाले गरेका गतिबिधि सहित रक्तदान कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा र त्यस ठाउँबाट रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरु बिच आपसी सद्भाव तथा भाईचारा अभिबृद्धि गर्ने तथा ख्याहा र रुपन्देहीका बिचमा समन्वय गर्ने गरी गत वर्ष मात्रै ख्याहा–रुपन्देही सम्पर्क समाज स्थापना गरिएको अध्यक्ष तुलसीराम पराजुलीले जानकारी दिनुभयो ।
संस्था स्थापना भएपछि संस्थाको उद्देश्य अनुसारका काम सहित सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय असक्तहरुकालागि सहयोग प्रदान गर्ने तथा ख्याहालीहरुका बिचमा सद्भाव अभिबृद्धिकालागि तीज मिलन कार्यक्रम गरिएको उहाँले जानकारी गराउनु भयो । सामाजिक कामलाई निरन्तर रुपमा अंगाडी बढाईने उहाँको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*