लियो क्लब अफ तिलोत्तमाले नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम गर्दे

खबरपथ संवाददाता
४ भाद्र २०७६, बुधबार १९:३२

बुटवल । लियो क्लब अफ तिलोत्तमाको आयोजनामा नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रमको आयोजना हुने भएको छ । भदौं ७ गते आयोजना हुने कार्यक्रममा नेकपा सघिय सांसद तथा संसदीय दलका सचेतक शान्ता चौधरी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल, युवा उद्यमी तथा, एस. आर. ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, ब्लाइण्ड रक्सका संस्थापक श्रृष्टि केसी लगायतले कार्यक्रममा प्रशिक्षण दिने क्लबका कार्यक्रम संयोजक चञ्चल कुमार कार्कीले जानकारी दिए ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तिव्र पारिएको क्लबका अध्यक्ष राजन कसजुले जानकारी दिए । कार्यक्रममा ५ सय जनाको सहभागिता रहने र प्रवेश शुल्क ३ सय ५० र ५ सय लाग्ने क्लबका सचिब दिनेश कुमार श्रेष्ठेले बताए ।

क्लबले युवाहरुलाइ अझ जोश, जाँगर, उत्तरदायी र परिपक्व बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका प्रथम उपाध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए । कार्यक्रम सञ्चालन गर्नको लागि ३ लाख खर्च हुने र सोही कार्यक्रममा दृष्टिबिहिन भएका ब्यक्तिहरुका लागि २५ हजार बराबरको सेतो छडी वितरण गरिने क्लबले जनाएको छ । कार्यक्रम अम्रपाली कटेज एण्ड रेष्टुरेण्टमा हुने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*