मिडिया जनता र देशप्रति जिम्मेवार बन्नुपर्छ : सञ्चार मन्त्री बास्कोटा

खबरपथ संवाददाता
८ भाद्र २०७६, आईतवार १९:३४

बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया र पत्रकार देश र नागरिक प्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले भने, ‘मिडिया सरकारप्रति जिम्मेवार बन्नुपर्दैन । जनता र देशप्रति जिम्मेवार बन्नुपर्छ । सही लेख्नेलाई कसैले कारवाही गर्दैन । जथाभावी लेख्न आफै जिम्मेवार बन्नुपर्छ । कारवाही पनि हुन्छ ।’

प्रेस संगठन नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले थपे, ‘मिडिया न्याधिश होइन । समाचार पस्कने हो । पत्रकार पनि कानूनभन्दा माथि हुन सक्दैन ।’

मिडियाको दुरुपयोग बढेकोले सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण होइन नियमन गर्न लागेको बाँस्कोटाले बताए । उनले सोसल मिडियाको दुरुपयोग गर्ने जनताहरु पनि कारवार्ही पर्ने बताए ।

मन्त्री बाँस्कोटाले गणतन्त्रमाथि हमला गर्ने तत्व अझै सक्रिय रहेको बताए । ‘धमिलो पानीमा माछा मार्ने तत्वले भ्रम सृजना गर्न खोज्दै छन् । त्यसप्रति हामी समेत बन्नैपर्छ’ मन्त्री बाँस्कोटाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*