स्वतन्त्रको तिज कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१३ भाद्र २०७६, शुक्रबार २१:२५

बुटवल । स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल मिलनचोक स्थित सेन्ट्रल जोनमा आज कार्यक्रम गरि शुभकामना आदानप्रदान गरेको हो। विभिन्न कार्यक्रम गर्ने क्रममा रुपन्देही शाखाले आउदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्ने हेतुले तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक मनिसा अधिकारीले जानकारी दिएकी छन।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाका उपाध्यक्ष चक्रपाणि डुम्रेको अध्यक्षता तथा स्वतन्त्र पत्रकारका राष्टिय उपाध्यक्ष राजेन्द्र जंग रायमाझीको प्रमुख आथित्यतामा भएको थियो। त्यसैगरि प्रदेश ५ सदस्य विवश विष्ट, प्रदेश सदस्य अर्जुन खत्री, रङ्गिन मिडिया संचालक मोहन केसि लगायत को उपस्थित रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्र जंग रायमाझिले नारिहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरुले नै नेतृत्व गर्दै गरेको यो कार्यक्रम सराहनिय भएको बताउनुभयो। विगतमा गर्दै गरेका काम भन्दा अझै फरकखालका काम रुपन्देही शाखाले गर्ने बताउदै तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*