फर्साटिकरमा पहिलो पटक लाखे नाच

अर्जुन खत्री
१७ भाद्र २०७६, मंगलवार ०९:१८

फर्साटिकर ,रुपन्देही ।
नेवा खल शुद्धोधनको आयोजनामा हरितालिका तीजको अवसरमा सोमबार शुद्धोधन ४ फर्साटिकर माबिको प्राङ्गणमा लाखेनाच प्रदर्सन गरिएको छ। नेवारको मौलिक सस्कृती पछिल्लो समय लोभ हुँदै गरेको भन्दै संस्कृती जोगाउनका लागि फर्साटिकरमा पहिलो पटक लाखेनाच आयोजना गरिएको हो।


नेवा खल शुद्धोधनका जेष्ठ नागरिक कविराज श्रेष्ठको अध्यक्षता , शुद्धोधन गाउपालिका वडा न ४का अध्यक्ष राजेन्द्र कडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी कडेलले मौलिक संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट गाउपालिका र वडा मार्फत सहयोग गर्ने बताउनुभयो ।

लाखेनाच प्रदर्शन सङ्गै हरितालिका बिशेष तीज नाचगान गरिएको थियो । रामु श्रेष्ठ स्वागत मन्तव्य रहेको कार्यक्रममा संयोजक कमल श्रेष्ठले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने रेडियो शुद्धोधनका समाचार वाचक अर्जुन खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*