सुनको मुल्य घट्यो

खबरपथ संवाददाता
२२ भाद्र २०७६, आईतवार १३:५५

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ ।

गत शुक्रबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला सुनको मुल्य ७१ हजार ५ सय कायम गरिएको छ । यस्तै, तेजावी सुनको मुल्य पनि घटेको छ । नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सय निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य ओरालो लाग्न थालेपछि नेपाली बजारमा पनि घट्न थालेको हो । यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य ९ सय थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*