बुटवलमा पुँजीबजार सम्बन्धि अन्तरक्रिया सम्पन्न

‘बैंकको व्याज, सिमा नाका, ऋणमा हुने लगानीको प्रभावमा पुँजी बजार’
खबरपथ संवाददाता
२२ भाद्र २०७६, आईतवार १९:३९

बुटवल । नेपाल धितोपत्र बोर्ड र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संयुक्त आयोजनामा आईतबार बुटवलमा पुँजीबजार सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुँजी बजारमा लगानी गर्न चाहने लगानी कर्ताहरु भएपनि त्यसको ज्ञानको अभावमा लगानी गर्न हिचकिचाईरहेका व्यक्तिहरुलाई लक्षित गरेर त्यस बिषयमा जनचेतना अभिबृद्धि गर्नकालागि नेपाल धितोपत्र बोडसंग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आर्थिक बिकासका सम्भावना भएका क्षेत्रहरुमा लगानी आकर्षण आकर्षण घट्दै गएको बताउँदै त्यसलाई कसरी माथि उठाउने हो भन्ने कुरा लगानी बोडले पनि सोंच्नु पर्ने बेला आएको औल्याउनु भयो । उहाँले हाईड्रोमा लगानी आकर्षण उच्च हुँदाहुँदै अहिले ह्वात्त आकर्षण घटेको बताउँदै उर्जा बिकासको सम्भावना बोकेको हाईड्रोको लगानी आकर्षण घट्यो भने त्यसले बिकासमा समेत प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
त्यस्तैगरी उहाँले शेयर ब्रोकरको संख्या कम भएको भन्दै ब्रोकरको संख्या बढाउन धितोपत्र बोर्डलाई आग्रह गर्नुभयो । उहाँले शेयर बजार निश्चित व्यक्तिको हातमा रहँदा त्यसको भ्यालु पनि उसले बढाउन चाहँदा बढ्ने र घटाउन चाहँदा घट्ने भएकाले दायरा बढाउन र नियमन गर्न पनि सुझाव दिनुभयो । उहाँले पुँजीबजार सम्बन्धि प्रशिक्षणलाई स्थानीय तहसम्ममा पु¥याउन पनि आग्रह गर्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष गौतमले प्रदेश सरकारले आगामी ५ वर्षको योजना तर्जुमा गरेर सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसमा नीजि क्षेत्रबाट २ तिहाई योगदानको अपेक्षा सरकारले राखेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पुँजी बजारका बारेमा उपत्यका बाहिरका अधिकांस मानिस अनविज्ञ रहेको उल्लेख गर्दै जनचेतनामुलक कार्यक्रम फलदायी हुने बताउनु भयो । उहाँले पँजीबजार सम्बन्धि जनचेतना मुलक कार्यक्रम अझै धेरै गर्न सके त्यसले शेयरमा लगानी गर्न चाहनेलाई फाईदा पुग्ने उल्लेख गर्नुभयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रदेश पाँचको राजधानी बुटवल औद्योगिक तथा व्यापारिक हिसावले महत्वपूर्ण रहेको उल्लेख गर्दै बुटवलमा ६ वटा ब्रोकरको शाखा सञ्चालनमा रहेको र अब बैंकलाई समेत ब्रोकरको लाईसेन्स दिने तयारीमा रहेकाले पुँजीबजारको बारेमा जनचेतना अभिबृद्धि गर्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले पुँजीबजार बढाउनकालागि पनि बित्तिय साक्षरता बढाउनु पर्ने उहाँको भनाई छ ।
पुँजी बजार घटेर अहिले ४०÷५० करोडमा झरेको उल्लेख गर्दै नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक निरज गिरीले बढेको बेला २÷३ अर्वसम्म पुग्ने बताउनु भयो । उहाँले पुजीबजारमा लगानी गर्ने व्यक्तिले आफूसंग भएको पैसालाई लगानी गर्ने भन्ने भएपनि ऋणमा लगानी भएको देखिएको उल्लेख गर्दै ऋणमा भएको लगानी व्यबस्थापन गर्न नसक्दा त्यसको प्रभावले पुँजीबजार घटेको हुन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै बैंकको ब्याजदर, खुल्ला सिमानाका लगायतका कुराहरुले पनि पुँजीबजारलाई प्रभाव पार्ने बताउँदै उहाँले बैंकको व्याज बढ्दा बजार घट्ने र व्याज घट्दा बजार बढ्नेकारण अहिले व्याज बढेका कारण बजार घटेको हुन सक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले पुँजी बजार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा यस क्षेत्रका उद्योग व्यापारी तथा प्राध्यापकहरुले पँुजी बजारसम्बन्धि प्रशिक्षण बढाउनु पर्ने, ब्रोकरको संख्या थप्नुपर्ने, पुँजी बजार घटबढ हुनुको कारण लगायतका कुराहरुको जिज्ञासा राखेका थिए । कार्यक्रम संघका व्यबसाय बिकास अधिकृत गोबिन्द पाण्डेको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*