प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

खबरपथ संवाददाता
२४ भाद्र २०७६, मंगलवार १६:५७

नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् ।

थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*