लक्ष्मी माविका विद्यार्थीको आँखा तथा ब्यवहार परीक्षण

झविन्द्र देवकोटा
६ आश्विन २०७६, सोमबार १२:१९

बुटवल । बुटवल लक्ष्मीनगरमा रहेको लक्ष्मि मध्यमिक विद्यालयमा विद्यार्थीको आँखा परीक्षण तथा ब्यवहार परीक्षण सम्वन्धी एक दिने शिविर भएको छ । विद्यार्थीको आँखाको स्वास्थ्य उपचार तथा उनीहरुको जीवनशैली र आनीबानी ब्यवहारका बारेमा एक दिने निःशुल्क शिविर आईतबार गरिएको हो । लायन्स क्लव अफ बुटवल मणि उजेशको आयोजनामा भएको शिविरमा त्यहा अध्ययनरत ढाई सय विद्यार्थीको आँखा र उनीहरुको आनीबानी ब्यवहार परीक्षण गरिएको हो । अभिभावकको पछिल्लो ब्यस्त जीवनशैलि तथा सुचना र प्रविधिको विकासले मानव स्वास्थ्यमा पारेको प्रभाव तथा असरका बारेमा जानकारी दिन आनीबानी ब्यवहार परीक्षण शिविरको आयोजना गरिएको प्रथम उपाध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिईन् ।

श्रीकृष्ण नेत्रालयको प्राविधिक सहयोगमा छात्रछात्रा दुबैमा गरिएको आँखा स्वास्थ्य परीक्षणमा १२ जना विद्यार्थीमा जटिल समस्या देखिएको र ति विद्यार्थीको आँखा उपचारमा क्लवले सहयोग गर्ने समेत उनले बताईन् । यस्तै गुरुङ्गले विद्यार्थीको आनीबानी तथा ब्यवहार स्वास्थ्य परीक्षण शिविरमा ७ प्रतिशत विद्यार्थीमा ब्यवहार असामान्य रहेको पाइएको समेत बताईन् ।

क्लवका अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका पुर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक कोचिफ एड्भाइजर सुनिता बजिमय, अर्जुनमान शैजु, सुरेशरत्न बज्राचार्य, लक्ष्मि माविकी प्रधानाध्यापक लक्ष्मी शाही गुरुङ, कार्यक्रम संयोजक शिवांगी गुरुङ लगायतले समय समयमा हुने स्वास्थ्य शिविरले विद्यार्थीहरुको स्वास्थ्य समस्यालाई समाधान गर्न ठुलो मद्दत पुग्ने भएकाले विद्यालयमा शिविरको निरन्तरताको कामना गरेका थिए । क्लवका सचिव प्रविना घिमिरेको संचालनमा भएको कार्यक्रममा श्रीकृष्ण नेत्रालयका नेत्ररोग विशेषज्ञ डाक्टर सल्मा केसी राईले विद्यार्थीको आँखा परीक्षण गरेकी थिईन भने आनिबानी र ब्यवहारका परीक्षण डाक्टर रक्षा ज्ञवालीले गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*