रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण

खबरपथ संवाददाता
८ आश्विन २०७६, बुधबार १२:१९

रुपन्देही– प्रदेश नम्बर ५ को रुपन्देहीमा डेंगुको संक्रमण जोखिमपूर्ण बन्दै गएको छ । उपचारका लागि अस्पताल आउने बिरामीहरुको स्वास्थ्य जाँच गर्दा अधिकांशमा डेंगुको संक्रमण देखा पर्ने लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । रुपन्देहीमा डेंगुको संक्रमणबाट बच्न विभिन्न संघ संस्थाहरुले सचेतनामूलक कार्यक्रम गरेपनि त्यसको प्रभावकारिता देखिएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो ९असोज १ गतेसम्मको० तथ्यांक अनुसार रुपन्देहीमा २ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको छ । महाशाखाले २ सय ३१ जनामा डेंगु देखिएको जनाए पनि यो भन्दा बढी संख्यामा डेंगु संक्रमित रहेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

डेंगुका विरामीहरु वढ्न थालेपछि जिल्लास्थित अस्पतालमा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियन राधा ज्ञवालीले बताइन् । यसैबीच, अस्पतालमा रगतको अभाव भएपछि मंगलबार तपोभूमि वचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*