व्यवसायिक उन्नत बाख्रापालन तालिम सुरु

खबरपथ संवाददाता
८ आश्विन २०७६, बुधबार १९:०४

८ गोरुसिगें  । व्यवसायिक उन्नत बाख्रापालन तालिम आजबाट गोरुसिगेंमा सुरु भएको छ । निर्धन उत्थान लघुति वितीय संस्था लिमिटेड इमिलिया शाखाको आयोजनामा सुरु भएको तालिम तिन दिन सम्म चल्ने छ ।

तालीममा संस्थाका ३५ जना सदस्यको सहभागीता रहेको छ । तालीमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले व्यवसायलाई बढाउन इच्छुकलाई नगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रम शाखाका अध्यक्ष दिपक भट्राईको अध्यक्षता , क्षेत्रीय कार्यालय प्रमुख शम्भु प्रसाद न्यौपानेको आथित्यतामा सम्पन्न भएको थियो । गोरुसिगेंको पौवा होटलमा सञ्चालित तालीममा बचत परिचालन र बचतका फाईदा ,उन्नत बाख्रा पालन कृषकको खोर अध्ययन अवलोकन ,रोगी र निरोगी बाख्राको पहिचान , पिपिआर रोगको लक्षण ,उपचार र रोकथामका उपाय बारे प्रशिक्षण दिइने जानकारी दिएको छ । तिनदिने तालीममा  लक्ष्मण लाल श्रीवास्तव , खिम बहादुर टण्डन ,अन्जु पन्थि ,झविन्द्र बेल्वासेले प्रशिक्षण दिनुहुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*