त्रिभुवन विश्वविद्यालय अन्र्तगत एमविए विएफ स्वायत्त कार्यक्रमको ट्रान्सकिप्ट सार्वजनिक

मोहन पौडेल
८ आश्विन २०७६, बुधबार १९:१३

बुुटवल। त्रिभुवन विश्वविद्यालय अन्र्तगत नेपालमै पहिलोपटक सञ्चालन भएको मास्टर अफ विजनेस एडमिनिस्ट्रेसन बैंकिङ एण्ड फाइनान्स (एमविए–विएफ) विषयको ट्रान्सकिप्ट सार्वजनिक भएको छ ।

२०७५ सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा घोषित विश्वविद्यालय अनुदान आयोग नेपालद्धारा दोश्रो पटक गुणस्तर प्रमाणित लुम्बिनी वाणिज्य क्याम्पसमा २०७३ सालबाट सञ्चालनमा आएको उक्त एमविए–विएफ कार्यक्रम अध्ययन गरेका पहिलो समुहका विद्यार्थीहरु सतप्रतिसत उत्तीर्ण भएका थिए भने सो मध्ये शोधपत्र कार्य सकेका ५ जना विद्यार्थीहरुले ट्रान्सकिप्ट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्राप्त गरेका हुन ।

त्रिभुवन विश्वविद्यालयबाट जारि भएको सो प्रमाणपत्र प्राप्त भएपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालय अन्र्तगतको स्वायत्तता कार्यक्रम एमविए–विएफको पहिलो समुहमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनुमा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, क्याम्पस व्यवस्थापन समिति, तथा सिङ्गो बुटवल बासिको अथक प्रयासले मात्र सम्भव भएको बताउनुभयो । साथै एमविए–विएफ अध्ययनको लागि विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको बताउदै क्याम्पस प्रमुख उपाध्यायले चौथो समुह ०७६ को लागि फाराम वितरण भैरहेको र फाराम भर्ने विद्यार्थीहरुको संख्या पनि उत्साहवद्र्धक रहेको जानकारी समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*