सैनामैनामा कपडा बैंक

खबरपथ संवाददाता
१० आश्विन २०७६, शुक्रबार १०:४१

सैनामैना । रुपन्देहीको सैनामैनामा कपडा बैंकको स्थापना गरिएको छ । सुन्दर विकास अभियान नेपालले सैनामैना ३ भार्सेली चोक मुर्गियामा कपडा बैंकको स्थापना गरेको हो । गरिब तथा बिपन्न मानिसले यँहाबाट निःशुल्क रुपमा कपडा पाउँनेछन भने सम्पन्न मानिसले कपडा दिने छन ।

शुक्रबार सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कपडा बैंकको उद्घाटन गर्दै सबैको सहयोग मिलेमा मात्र यो अभियान सफल हुने दाबी गर्नुभयो ।

संस्थाले शाहासीक काम गरेको  बताउँदै उँहाले समाजमा विपन्न वर्गका मानिसले सम्पन्न वर्गका मानिससँग आशा राख्ने हुँदा संस्थाले पुलको काम गर्नु पर्ने बताउँनु भयो ।

कार्कीले पुग्नेले नपुग्नेलाई सहयोग गर्नु पर्ने बताउँनुभयो । राम्रा , सफा कपडा तत्काल प्रयोगमा नआएको कपडालाई कपडा बैंकमा दिन सकिने बताउँनुभयो ।

नेपाली कांग्रेसका रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले सबैले बंैङ्कलाई सहयोग गर्दै गए विपन्न परिवारलाई केही भएपनि राहात मिल्ने बताउँनुभयो ।

कपडा बंैङ्कमा सफा र प्रयोगमा ल्याउँन सकिने कपडा दिनु पर्नेमा जोड दिनुभयो । सुन्दर विकास अभियान नेपालका अध्यक्ष दुर्गा प्रसाद गौतमले गरिब परिवारले यँहाबाट निःशूल्क रुपमा कपडा ल्यैजान पाउँने बताउँनुभयो ।

सम्पन्न मानिसले कपडा बंैङ्ककमा कपडा दिन सक्ने र विपन्न वर्गले ल्यैजाने पाउँने ब्यवस्था सहित स्थापना गरिएको उँहाले बताउँनुभयो । देविकप्रकोप , बाढि पहिरो पिडित क्षेत्रमा समेत संस्थाले सहयोग गर्ने उँहाले जानकारी दिनुभयो ।

अभियानका उपाध्यक्ष दिपिका शर्माले बिपन्न मानिसको सहयोगको लागि कपडा बैंकको स्थापना गरिएको जानकारी दिनुभयो । कार्यक्रम सैनामैना नगरपालिकाको सह–आयोजना तथा रोटरी क्लब अफ सैनामैनाको सञ्चालनमा सञ्चालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*