सरस्वती आधारभुत बिद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न

हरिश ढकाल
१० आश्विन २०७६, शुक्रबार १२:३४

बुटवल। बुटवल उपमहानगरपालीका वडा नम्बर १ अर्थात प्राचिन शहर बटौलीमा रहेको सरस्वती आधारभुत बिद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बुटवलकै पुरानो बिद्यालय मध्ये एक मानिने सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई दन्त स्वास्थ्य सम्बन्धी सेवा पुराउने उद्देश्यले सो शिबिर आयोजना गरिएको हो ।
बुटवल ६ नेपालगन्जरोडमा अवस्थित सिमली डेण्टल केयर प्रा.लीको आयोजनामा सम्पन्न सो शिबिरमा करिब ५ सय जनाले दाँत सम्बन्धी निःशुल्क परिक्षण तथा औषधी उपचार प्राप्त गरेको आयोजक संस्थाका संचालक महेन्द्र अर्यालले बताउनु भयो । हिन्दुहरुको महान पुण्यकार्य मानिने सोह्र श्राद्धको अवसरमा पितृहरुको संझना गर्दै मानव सेवा गर्ने उद्देश्यले बिद्यार्थी, शिक्षक र अभिभावकहरुका लागि उक्त निःशुल्क दन्त स्वास्थ्य शिबिर आयोजना गरिएको संचालक अर्यालले जानकारी गराउनु भयो ।


सो अवसरमा बोल्दै प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य खड्ग बहादुर केसीले मानव स्वास्थ्य समाज बिकासको महत्वपुर्ण अंग भएकाले सबैले गम्भिर भएर स्वास्थ्य सेवामा लाग्नु पर्ने बताउनु भयो । अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीले आफ्ना दिवंगत पितृहरुको संझनामा अर्याल परिवारले गरेको सामाजिक उत्तरदायित्व सहितको लगानी सबैका लागि अनुकरणिय र प्रेरणादायि रहेको चर्चा गर्नुभयो । वडाध्यक्ष महेन्द्र लिगलले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
आफ्ना पिता धनीराम अर्याल र दाजु बिक्रम अर्यालको सम्झनामा स्थापना गरिएको ईन्टरनेशनल सिमली फाउण्डेशन नेपालको आर्थिक सहयोगबाट छोरा तथा संस्थाका अध्यक्ष महेन्द्र अर्यालको अगुवाईमा स्वास्थ्य शिबिर, छात्रबृत्ति प्रदान लगाएतका सामाजिक कार्यहरु संचालन गरिएको छ । सो अवसरमा अध्यक्ष अर्यालले सो सरस्वती आधारभुत बिद्यालयमा अधययन गर्ने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि ५५ हजारको अक्षयकोष समेत स्थापना गर्नु भएको छ । कार्यक्रमकै अवसरमा अध्यक्ष अर्यालले उक्त रकम बिद्यालयलाई हस्तान्तरण समेत गर्नुभयो ।
सो अवसरमा दन्त चिकित्सक एवं सिमली डेण्टल केयर प्रा.लीका संचालक डा. शिशिर अर्याल, फाउण्डेशनका सल्लाहकार डवल बिसि, बिद्यालयका अध्यक्ष नरेन्द्र बस्नेत लगाएतले जनताको सेवा गर्ने मुल उद्देश्य राखेर स्थापना भएको सो फाउण्डेशनलाई शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु आग्रह गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*