सुनको मुल्य घट्यो

खबरपथ संवाददाता
१० आश्विन २०७६, शुक्रबार १२:४६

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २ सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८ सय ६० रुपैयाँमा झरेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ७ सय रुपैयाँ रहेको थियो। चाँदी भने ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*