सैनामैनाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

टिका खरेल
१० आश्विन २०७६, शुक्रबार १९:१३

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाको २०७५÷७६ को बार्षिक समिक्षा तथा आ.ब ७६÷७७ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सैनामैना ८ रामापुर स्थित सतचिन्तनको सामुदायिकहलमा कार्यक्रम सम्पन्न भएको थियो ।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले समृद्ध सैनामैना र सुखी सैनामैना बासी नारालाई साकार पर्न बिभिन्न किमिमका योजनाहरु संचालन गरिएको बताउनु भयो । सबै शाखाका प्रमुखहरुले प्रस्तुत गर्नु भएको प्रतिबेदनहरु सन्तोषजनक रहेको बताउनु भएका् थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले आम जनताको भावना अनुसार नगरपालिकाले विकासको योजनाहरु अगाडी बढाउँदै गएको बताउँनुभयो । जनतालाई सूसुचित गर्ने अधिकारलाई सुरक्षित गर्दै नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
समिक्षा कार्यक्रमा सैनामैना नगरपालिकाका राजस्व शाखा प्रमुख सन्त कुमार चौधरीले गत आ.व. २०७५।०७६ मा आन्तरिक स्र्रोत तर्र्फ रु. ९ करोड ४ लाख ३९ हजार र अनुमान गरिएकोमा १० करोड १५ लाख ५५ हजार ७७ रुपैंया संकलन गरि लक्ष्य भन्दा १२.२९५ ले बढी संकलन भएको बताउनु भएको थियो । राजश्व असुलीका लागि आवश्यक तथ्याङ्क (लगत) पूर्णरुपमा सकलन नभएको र प्रक्रियामा रहेको समेत उहाको भनाई थियो ।


सैनामैनाका योजना प्रमुख ईन्जिनियर सुरज न्यौपानेले सैनामैनामा सैनामैना नगर क्षेत्रमा निर्माण भइरहेका सडकहरूलाई दीर्घकालीन बनाउने उद्देश्यले गत अ.वबाट अस्फाल्ट कंकृट प्रविधि सडक निर्माण कार्यको शुरूवात गरिएको बताउनु भयो । जसअनुसार लागत सहभागितामा सञ्चालित ७ वटा ठुला कालोपत्रे सडक आयोजना मध्ये ५ वटा अस्फाल्ट कंकृट प्रयाग गरि निर्माण कार्य गरिएको जानकारी दिदै नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाइ पूर्णता दिनको लागि थप १.५ तला निर्माण तथा अन्य पूर्वाधार निर्माण सहित कार्यालय परिषर ब्यवस्थीत गर्ने कार्य भइरहेको र फोहरमैला व्यवस्थापनका लागि ठेक्का मार्फत ५ वर्षे सम्झौता भै अघि बढेको मुर्गियामा राष्ट्रिय स्तरको स्टेडियम निर्माण कार्यको थालनी भएको र हाल बाउण्ड्री वाल निर्माण कार्य सम्पन्न भइ थप निर्माण कार्यको लागि प्रकृया अघि बढेको । ऐतिहासिक सैनामैना क्षेत्रका पुरातात्विक बस्तु तथा स्थलहरुको पहिचान तथा संरक्षणको लागि अध्ययन सम्पन्न भई “सैनामैना दर्पण” पुस्तक प्रकाशन गरिएको । साविक सालझण्डी गाविसलाई रिङरोडमा जेड्नको लागि ट्याक खोल्ने कार्य सम्पन्न भएको,सैनामैना ७ लम्टैयामा औद्दोगिक ग्राम निर्माणको लागि सम्भाव्यता अध्ययन भई डि.पि.आर तयारीको चरणमा रहेको,लोकेश्वर बुद्धको महत्व उजागर सहित सैनामैनाको ऐतिहासिकता झल्कने सैनामैना संग्रालयको डि.पि.आर तयार सैनामैना नगरपालिकामा प्रदेश स्तरीय जेष्ठ नागरीक ग्राम तथा अपाङ्ग ग्राम स्थापना भई निर्माणाधिन रहेको ।
बिज्ञ सहितको परामर्षदाताबाट न्क्ष्क् प्रबिधि प्रयोग गरि सम्पूर्ण नगर र नगरवासीको सामाजिक, आर्थिक, पारिवारिक र ब्यक्तीगत विवरण अध्यावधिक गरि डिजिटल नगर प्रोफाइल निर्माण कार्य भइरहेको ।होमस्टे सञ्चालनको लागि स्थानीय समुदायलाई अनुदान उपलब्ध गराइ पाहुना घर निर्माण कार्य थालनी भएको । भवन संहिता कार्यान्वयन सम्बन्धमा भुकम्प प्रविधि राष्ट्रिय समाजसँगको सहकार्यमा निर्माण व्यवसायीहरुलाई २ चरणमा डकर्मी तालिम प्रदान गरिएको तथा घरधनीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको । सैनामैना नगरपालिका, कन्चन, गैडहवा र सुद्धोधन गाउपालिकाको अन्तर समन्वयमा वारुणयन्त्र खरिद गरी सन्चालनमा आएको र सो कार्यलाई थप ब्यवस्थित गर्न १र१ जना चालक र सहचालकको विज्ञापन आह्वान गरिएको । सैनामैना नगरपालिका र प्रदेश सरकारको अनुदान सहयोगमा सञ्चालित गोठ सुधार कार्यक्रमबाट नगर क्षेत्रका ५० जना कृषकहरू लाभान्वित भएका । सैनामैना नगरपालिकाको एकिकृत शहरी विकास योजना (नगर गुरुयोजना) तयार भइ स्वीकृतिको चरणमा रहेको ।
फोहरको दीर्घकालिन व्यवस्थापनका लागि सैनामैना १० एकला पहाड स्थित रिसाइक्लिङ र कम्पोष्टिङ सहितको ल्याण्डफिल साइटको अध्ययन गरी डि.पि.आर तयार भइसकेको सैनामैना नगरपालिका, कन्चन, गैडहवा र सुद्धोधन गाउपालिकाको अन्तर समन्वयमा वारुणयन्त्र खरिद गरी सन्चालनमा आएको र सो कार्यलाई थप ब्यवस्थित गर्न १र१ जना चालक र सहचालकको विज्ञापन आह्वान गरिएको । सैनामैना नगरपालिका र प्रदेश सरकारको अनुदान सहयोगमा सञ्चालित गोठ सुधार कार्यक्रमबाट नगर क्षेत्रका ५० जना कृषकहरू लाभान्वित भएका छन ।
सैनामैना नगरपालिकाको एकिकृत शहरी विकास योजना (नगर गुरुयोजना) तयार भइ स्वीकृतिको चरणमा रहेको ।फोहरको दीर्घकालिन व्यवस्थापनका लागि सैनामैना १० एकला पहाड स्थित रिसाइक्लिङ र कम्पोष्टिङ सहितको ल्याण्डफिल साइटको अध्ययन गरी डि.पि.आर तयार भइसकेको कुल २८९ योजना संचालन भएको बताउनु भयो ।
सैनामैनाका शिक्षा शाखा ,कृषि शाखा,सामाजिक बिकास शाखा,पशु बिकास शाखा,महिला तथा बालबालिका शाखा,न्याय शाखा, स्वास्थ्य शाखाका प्रमुखहरुले बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो । सैनामैना नगरपालिकाका लेखाशाखा कृष्ण बहादुर केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*