सैनामैनामा शैक्षिक तथा दशैं मेला सुरु

खबरपथ संवाददाता
१० आश्विन २०७६, शुक्रबार १९:१६

सैनामैना। रुपन्देहीको सैनामैनामा शुक्रबार देखि दोश्रो सैनामैना शैक्षिक तथा दशैं मेलाको सुरु भएको छ । नमुना युथ क्लबको आयोजनामा सञ्चालन गरिएको मेला असोज १५ गते सम्म मेला सञ्चालन हुने छ । ५ दिनसम्म सञ्चालन हुने मेला सैनामैना ८ रामापुरको नमुनाबस्तीमा सुरु भएको हो ।

सैनमौनाका नगर प्रमुख चित्र बहादुर कार्कीले शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै शैक्षिक मेलाले विद्यार्थीहरुलाई फाईदा पुग्ने तरिकाले सञ्चालन गर्नु पर्ने बताउँनुभयो । विगतमा सञ्चालन गरिएका मेलाहरु धेरै जसो अयोजक घाटामा जाने गरेको देखिएकोले मेला सञ्चालन गर्दा विशेष ध्यान पुराउँन जरुरी रहेको उँहाले बताउँनुभयो ।

प्रमुख कार्कीले सैनामैना क्षेत्रमा गर्न लागिएको शैक्षिक प्रर्दशनी तथा दशै मेलाले यस क्षेत्रको शैक्षिक तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सैनामैना वडा नं. ८ का वडा अध्यक्ष रामशरण न्यौपानेले नमुना क्लबले विगतदेखि नै नमुना काम गर्दै आएको बताउँदै निक्कै हिम्मतको साथ मेलाको आयोजना गरेर यस क्षेत्रको गरिमा बढाएको बताउँनुभयो ।

सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रले मेला महोत्सव लगाउँदा सहकार्य गरि जानु पर्ने सुझाब दिनुभयो । नमुना युथ क्लबका अध्यक्ष महेश अधिकारीले सबैले सहयोग गर्न आग्रह गर्दै विगतका वर्षामा गर्दै आएको शैक्षिकमेलालाई यस वर्ष अलिक बृहत रुपमा सञ्चालन गर्न लागेको बताउँदै मेलामा विद्यार्थीलाई फलदायि हुने किसिमका विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको बताउँनुभयो ।

सुचना र प्रविधिलाई जोड दिएर आयोजना गरिएको मेलाले नँया प्रतिभाको खोजी गरिने नमुना युथ क्लबका अध्यक्ष अधकारीले जानकारी दिनुभयो ।
वडास्तरिय भलिबल , संस्कृतिलाई जगेर्ना गर्न साँस्कृतिक झाँकी, प्रथम नमुना आईडल, सुचना र प्रविधि सम्बन्धी स्टलहरु, बैज्ञानिक आविष्कारको प्रतियोगिता , हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता ,बक्तृत्वकला प्रतियोगिता मेलामा आयोजना हुने प्रचार प्रसार संयोजक सुरेन्द्र परियारले जानकारी दिनुभयो ।
मेला सञ्चालनको लागि करिब १८ लाख खर्च हुने र ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेला अवलोकनको लागि सर्वसाधारणको लागि ५० रुपैंयाको टिकट लिनु पर्ने र विद्यार्थीको लागि ३० रुपँैया ,जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिलाई निःशूल्क प्रवेशको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

मेलामा पशुपति शर्मा, दुर्गेश थापा , प्रकाश सपुत , रमेशराज भट्टराई, आशिष राना लाहुरे , संम्झना भण्डारी लागयतका दर्जनौ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने सांस्कृतिक संयोजक प्रदिप न्यौपानेले जानकारी दिनुभयो । प्रत्येक दिन मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उँहाले बताउँनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*