१४ बुँदे सहमति पछि गैडहवाको गाँउ सभा सम्पन्न

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार १४:०९

रुपन्देही । तिन महिनाको अन्तराल पछि  रुपन्देहीको गैडहवा गाउँपालिकाको पाँचौ गाँउ सभा सम्पन्न भएको छ । असार १० गते भित्र सबै स्थानिय तहमा गाँउ सभा सम्पन्न हुनु पर्नेमा गैडहवा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षको बिवादले गाउँ सभा नै अन्यौलमा परेको थियो । बिवाद बढे संगै दुबै पक्षले पत्रकार सम्मेलननै गरि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने बातावरण समेत श्रृर्जना भएको थियो ।

बिभिन्न औपचारिक अनौपचारिक बार्ता पछि अन्तत ३ महिना पछि वडा अध्यक्ष र गाँउपालिका अध्यक्ष बिच १४ बुधे सम्झौता भएको छ । सम्झौता भए संगै गाँउ सभा सम्पन्न हुने बातावरण बनी गाँउ सभा सम्पन्न भएको हो ।

शनिवार वडा नं ६ को सुर्यपुरा हेल्थपोष्टको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले गाउँसभालाई सम्बोधन गर्दै आर्थिक बर्ष ०७६÷०७७ का लागि ५६ करोड १५ लाख ३ हजार बराबराको बजेट प्रस्तुत गरेका हुन ।

उक्त बजेट गत बर्ष भन्दा ५ करोड बढी हो । गत बर्ष ५१ करोड १२ लाख ४३ हजार ९ सय बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

आर्थिक विकासका संवाहकको प्रभावकारी उपयोग गर्दै पूर्वाधार विकास र सामाजिक विकासलाई उच्च प्राथमिकता दिई समृद्ध गैडहवा बनाउने लक्ष्य लिइएको बजेटमा क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुने गरी दीर्घकालिन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यान्वयन गर्न श्रोत, साधन, प्रविधि, जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा उपयोग गर्ने रणनीति अबलम्बन गर्ने बताइएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ कोे वजेटले सबै भन्दा बढी पुर्वाधार बिकास, शिक्षा, कृषि र पर्यटनलाई जोड दिएको छ ।
त्यस्तै प्रत्येक वडामा १÷१ वटा ३० लाख बराबरको कालोपत्रे योजनालाई बजेटमा प्रमुखताका साथ राखिएको छ । त्यस्तै बालिकाको भुर्ण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्नको लागि बालिका बिमा ९ बालिका बचाँउ बालिका पढाउ  अभियानलाई निरन्तरता दिईएको छ । गाँपालिकाको प्रशासनिक भवन निमार्णलाई पनि यस बर्ष बजेट बिनियोजन गरिएको गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले बताए ।

कृषियोग्य भूमीमा संचालीत पकेट क्षेत्र मा कृषिलाई व्यवसायीकरण गर्ने बताउँदैे नगदेवाली, मौसमी÷वेमौसमी तरकारी खेती, फलफूल खेती, विउ उत्पादन, कार्यक्रम संचालन गर्न बजेट आबश्यक बजेट बिनियोजन गरेको बताएका छन । माछा, च्याउ जस्ता नगदे तथा बेमौसमी तरकारी खेती, अन्नबाली, फलफुल, व्यावसायिक खेतीलाई प्रवर्धन गरी आधुनिक कृषि प्रणाली एवं व्यवसायीकरणमा बजेटले जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*